अदालत पुगेर ट्रम्पले दिए यस्तो बयान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अदालत पुगेर ट्रम्पले दिए यस्तो बयान

trump

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुमाथि लागेका विभिन्न अभियोगहरूमा दोषी नरहेको दाबी गर्नुभएको छ ।

न्यूयोर्क अदालतमा बयानकाक्रममा ट्रम्पले ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै आपूmमाथिका अभियोगहरुको प्रतिवाद गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अदालतले ट्रम्पमाथि ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोग लगाएको छ ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति ट्रम्पले म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्नु भएको छ । शान्त र गम्भीर मुद्रामा अदालतमा प्रवेश गर्दा ट्रम्पले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाउनु भएको थियो । अदालतभित्र ट्रम्पले आत्मसमर्पण गरेपछि मुद्दा दर्ता प्रक्रिया अघि बढेको हो । अदालतभित्र आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसेर ट्रम्पले बयान दिएको तस्बीरहरु सार्वजनिक भएका छन् । झन्डै एक घण्टाको सुनुवाइपछि ट्रम्प अदालतबाट बाहिरिनु भएको हो ।

ट्रम्पविरुद्ध आफूसँगको अनुचित सम्बन्ध सार्वजनिक नगर्न पूर्वपोर्न स्टार स्टोर्मी ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको प्रमुख अभियोग छ । तर अभियोगपत्र सार्वजनिक गरिएको छैन । अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लुकाएको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लगाइएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पुनः प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका ७६ वर्षीय ट्रम्पले आफूविरुद्धका आरोप राजनीतिक उत्पीडन र निर्वाचनमा गरिएको इतिहासकै उच्चतम् हस्तक्षेप भन्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);