सिक्किम हिमपहिरोमा ३ नेपालीले गुमाए ज्यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सिक्किम हिमपहिरोमा ३ नेपालीले गुमाए ज्यान

काठमाडौं । भारतको सिक्किममा हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो ।

गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, पश्चिम बंगालका सौरभ रोय चौधरी र प्रितम मतिएको मृत्यु भएको छ ।

घाइते भएका १३ मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार भइरहेको छ । घाइतेहरुमध्ये नेपालकी गीता सापकोटा, ज्योति गुरुङ र रमेश खनालसहित भारतीयहरुको अस्पतालमा उपचार चलिरहेको छ । गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा ३ जना नेपालीसहित ७ जनाको ज्यान गएको पुष्टि गर्नुभयो ।

हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पु¥याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ घाइतेहरुसँग भेट गरी उनीहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनिहरुको घरसम्म पु¥याउने बताउनु भयो । सिक्किमको नाथुला पासनजिकै छाङ्गुमा हिमपहिरो गएको घटनास्थलमा आज पनि उद्धार कार्य शुरु गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);