घट्यो हवाई भाडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

घट्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ ।

वायुसेवा सञ्चालक संघले आजदेखि गतेदेखि लागु हुने गरी हवाई भाडा समायोजन गरेको हो।

आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैंया घटाएपछि आजदेखि गरिएको मुल्य समायोजनअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १०बाट अब सात हजार ७० भाडा कायम गरिएको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडानकोे भाडा तीनसय ४५ रुपैंया घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ । त्यसैगरी काठमाडौँ–भद्रपुर रुटमा तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);