निगमले हवाई इन्धनको मुल्य घटाएसँगै हवाई भाडा घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निगमले हवाई इन्धनको मुल्य घटाएसँगै हवाई भाडा घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै नीजि क्षेत्रका वायुसेवा कम्पनीहरुले भाडा घटाएका छन् । आयल निगमले हवाई इन्धनको मुल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । नयाँ भाडादर आगामी पुस २७ गतेबाट लागु हुनेछ ।

नयाँ भाडादर अनुसार काठमाडौं माउन्टेन फ्लाइट ६८५ रुपैयाँले घटेर १४ हजार २०५ रुपैयाँ कायम भएको छ । त्यस्तै, काठमाडौंबाट पोखराको हवाई भाडा ३ सय २० रुपैयाँ घटेको छ । नयाँ भाडादर अनुसार ६ हजार ६सय ६५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, काठमाडौंबाट विराटनगरको ४ सय ८५ रुपैयाँले भाडा घटेर ९ हजार ७ सय २० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट नेपालगन्जको फ्लाइटमा ६सय ५५ रुपैयाँ भाडा घटेर १३ हजार ३२५ रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);