म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

सन्दिप शर्मा,
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको बादिकाको भिरमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप बादिकाको भिरमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षिय विकास सुनारको मृत्यु भएको र जीपमा सवार बाँकी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिए ।

जीप सडकबाट करिब ४ मिटर तल सल्लाको बोटमा अड्कीएको छ । चालक सहित जिपमा ९ जना सवार रहेका थिए । मृत्यु भएका सुनार जिप पल्टीँदा उछिटिएर करीब दुई सय मिटर तल भिरमा पुगेको प्रहरीले जनाएको छ ।

घाइते भएका सबैको अवस्था सामान्य रहेकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि स्वाथ्य केन्द्रबाट नै डिचार्ज गरिएको जिप्रका म्याग्दीले जनाएको छ ।

ओरालोमा ब्रेकफेल भएर जीप दुर्घटनामा परेको बुझिन आएको र थप अनुसन्धान भैरहेको प्रनाउ राईले बताए । सडकबाट पल्टीएको जीप सल्लाको बोटमा अड्किएको र भिरमा खस्नबाट जोगिएकाले जीपमा सवार अन्यको ज्यान जोगिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);