जेलेन्स्की पोल्याण्ड भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जेलेन्स्की पोल्याण्ड भ्रमणमा

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्की पोल्याण्डमा पुग्नुभएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले पोलयाण्डको राजधानी वार्सामा समकक्षी आंदे्रय दुदासगँ बुधबार भेटवार्ता गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री मेटझु मेरावियेकीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

नजिकका सहयोगी मित्र राष्ट्र रुपमा रहेको युक्रेन र पोल्याण्डबीच रुससगँ जारी युद्ध ,सैनिक उपलब्ध गराउने तथा राजनीतिक, कुटनितिक विषयमा छलफल हुने बताइएको छ । विगत तेह्र महिनादेखि रुससँग जारी यद्धका कारण हाल पोल्याण्डमा १० लाख भन्दा बढी यु्क्रेनी नागरिक शरणार्थीको रुपमा आश्रित छन् ।

यस्तै पोल्याण्ड सरकारले एमआइजी लडाकु विमान युक्रेन पठाउने निर्णयमा राष्ट्रपति जेलेन्स्कीले धन्यवाद दिनुभएको छ । पोल्याण्डले नजिकको मित्रको रुपमा युक्रेनलाई आर्थिक , सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);