जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुन जापान पुगे जेलेन्स्की | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुन जापान पुगे जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की जी सेभेनको शिखर सम्मेलनमा सहभागी ह्ुन जापान पुग्नुभएको छ ।

जापानको अध्यक्षतामा हिरोसिमामा शनिबारदेखि सुरु भएको जी –सेभेनको सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले रुससगँ जारी युद्ध अन्त्यको विषयमा पहल गर्ने अनुमान गरिएको छ । हिरोसिमा पुगेलगत्तै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसगँ भेटवार्ता गर्नुभएको छ ।

भेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसलाई युद्ध अन्त्यका लागि आवहन गर्नुभएको जनाइएको छ । यता रुससगँ युद्धको लागि अमेरिकाद्धारा निर्मित एफ १६ युद्ध विमान आपूर्ति गर्ने विषयमा पनि राष्ट्रपति जेलेन्सकीले सम्मेलनमा दौरान जी सेभेन राष्ट्रका नेताहरुसँग छलफल गर्ने बताइएको छ । ४९ औँ जी–७ शिखर सम्मेलनमा आणविक निशस्त्रीकरण मुख्य एजेन्डा रहेको छ । यता जी सेभेनका नेताहरुले रुसलाई युद्ध अन्त्यका लागि पहल गर्न र ताइवानको सार्वभौमसत्तामा हस्तक्षेप नगर्न चीनलाई समेत आग्रह गरेका छन् ।

दुई दिनसम्म चल्ने बैठकमा अमेरिका बेलायत,क्यानाडा फ्रान्स , इटाली ,जापान तथा इयु सदस्य रहेका छन् । जी सेभेनको मुख्य उद्धेश्य स्वतन्त्रता ,मानव अधिकारको रक्षा , विश्वमा देखिएको वर्तमान मुद्वा ,आर्थिक तथा क्षेत्रीय समस्या लगायतमा विषयमा साझा धारण बनाउनु पनि हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);