जी-२० सम्मेलन जापानमा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जी-२० सम्मेलन जापानमा शुरु

जलवायु परिवर्तन, बिश्वको औद्योगिक उत्पादन लगायतका बिषयमा छलफल हुने

एजेन्सी, १३ असार । विश्वका २० वटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी-२०को सम्मेलन जापानको ओसाकामा शुरु भएको छ । शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेले जी-२० सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको हो ।

सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुने जनाइएको छ । त्यस्तै, जलवायु परिवर्तनको विषयमा पनि सम्मेलनको प्रमुख एजेण्डाको रुपमा रहेको छ ।

इरान, उत्तर कोरिया र भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा सहभागी हुन जी-२० मा आबद्ध मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु ओसाका पुगेका छन् ।

पछिल्लो समय विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच व्यापार युद्ध जारी रहेका बेला जी-२० को सम्मेलन शुरु भएको हो । यद्यपि सम्मेलनमा प्रमुख मुद्धाहरुमा औपचारिक तथा ठोस सम्झौता हुने सम्भावना भने नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जी-२० समूहमा अमेरिका, चीन, भारत, अर्जेन्टिना अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, रुस लगायतका देशहरु सदस्य रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);