फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध जारी, राष्ट्रपति म्याक्रोले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध जारी, राष्ट्रपति म्याक्रोले सम्बोधन गर्ने

france

काठमाडौं, २४ मंसिर । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रदर्शनकारीलाई संयमता अपनाउन बारम्बार आग्रह गर्दै आएका राष्ट्रपति म्याक्रोले प्रदर्शनले उग्र रुप लिएपछि सोमवार राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । उनले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले देशमा भइरहेको महंगीविरुद्धको प्रदर्शनले अर्थतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

उनले अहिलेको आन्दोलनले फ्रान्सेली समाज र लोकतन्त्रका लागि नै संकट सिर्जना गरेको बताए । फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा परेको छ । दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएर सार्वजनिक सम्पत्ति र सवारी साधनमा तोडफोड गरेका छन् । कतिपय व्यक्तिका गाडिमा आगजनी भएका छन् भने पसलहरुमा लुटपाटसमेत हुन थालेको छ ।

चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ । प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको छ । पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनको शुरुमा मूल्यबृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा नै माग गरेका छन् । प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् ।

ताजा समाचार