बालुवाटार छोड्न अघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटार छोड्न अघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्च अदालतले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि प्रधानमन्त्री ओलीले सरकारी निवास छोड्ने तयराी गरेका हुन् । उनले बालुवाटार छाड्नअघि देशवासीका नाममा सम्बोधन गर्ने भएप्नि समय भने तय गरिएको छैन ।

यद्यपी सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ५ बजेसम्मको समय दिएको छ । सो समयभित्र नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको बताइएको छ ।

मंगलबार नेकपा एमालेको स्थायी कमिटीको बैठक पनि बोलाइएको छ । तर सो बैठक सर्न सक्ने एक एमाले नेताले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);