प्रधानमन्त्री ओलीले नयाँ वर्षका दिन देशबासीका नाममा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले नयाँ वर्षका दिन देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ को अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधन गर्ने समय भने अझै तय भइनसकेको थापाले जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले देशको पछिल्लो राजनीतिक अवस्था,आर्थिक अवस्था, कोरोना रोकथामका लागि चालिने थप कदम लगायत देशको समग्र अवस्थाका बारे जानकारी दिने थापाले बताए । जनतालाई नयाँ वर्षको शुभकामना पनि दिइनुका साथै सरकारका उपलब्धिबारे पनि चर्चा गरिने बताइएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);