प्रधानमन्त्री दाहालले आज देशवासीका नाममा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रधानमन्त्री दाहालले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
मंगलबार संसदमा विशेष सम्बोधन गरेर राजीनामाको तयारी गर्नुभएका प्रधानमन्त्रीले बुधबार ४ बजे सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । सम्बोधनका क्रममा उहाँले राजीनामाको घोषणा गर्ने तयारी गरिरहनु भएको छ । मंगलबार संसद नचलेपछि उहाँले बुधबारको संसदमा संवोधन गर्ने तयारी गर्नुभएको थियो । तर मधेसका जिल्लाहरुमा स्थानीय तह थप्ने सरकारको निर्णय फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद नै चल्न नदिने भनेपछि बुधबारको संसद बैठक पनि स्थगित भएको छ । बुधबार संसद बैठक स्थगित भएपछि उहाँले सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा संवोधन गर्न लाग्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);