म्यादि प्रहरीले थाले गस्ती,प्रचारप्रशारमा हुने बिबाद रोक्न प्रहरी चनाखो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

म्यादि प्रहरीले थाले गस्ती,प्रचारप्रशारमा हुने बिबाद रोक्न प्रहरी चनाखो

ललित सिहं ९जेष्ठ बझाङ्ग ।
स्थानिय निर्वाचनमा शान्ति सुरक्षा दिन भर्ना गरिएका म्यादि प्रहरी गस्ती गर्न थालेका छन ।
जेठ ३१ गते हुने द्रोसो चरणको स्थानिय तहको निर्वाचनमा आफनो पक्षमा मतदातालाई फकाउन गाउँमा गएका

म्यादि प्रहरीले थाले गस्ती

 

ललित सिहं ९जेष्ठ बझाङ्ग ।

स्थानिय निर्वाचनमा शान्ति सुरक्षा दिन भर्ना गरिएका म्यादि प्रहरी गस्ती गर्न थालेका छन । जेठ ३१ गते हुने द्रोसो चरणको स्थानिय तहको निर्वाचनमा आफनो पक्षमा मतदातालाई फकाउन गाउँमा गएका राजनितिक दलका नेता कार्यार्कता बिच झपड हुने सम्भावना रोक्न र बिधंक्स गतिबिधि नहोस भने र जिल्ला प्रहरी कार्यालय बझाङ्गले म्यादि प्रहरीलाई गस्ती गराउन थालेको हो । कहिले राती त कहिले दिउसो शान्ति सुक्षा कायम गर्न गाउँ र सहरमा गस्ती गरी रहेको म्यादि प्रहरीमा भर्ना रुपा सिहंले बताए । उनले भने बैशाख महिनामा चुनाव हुने भनेर चैत्रमा म्यादि प्रहरीमा भर्ना भईयो दोस्रो चरणको चुनाव जेठ महिनामा हुने भने भए पछि अहिले गस्ती र डिउटि गर्दैे बिहानको क्याम्पस को पढाई छुटन थालेको छ । यस्तो हुने थाहा पाएको भए भर्ना नै हुने थिएन ।

 

म्यादि प्रहरी हुदा पढाई छुटेको छ । तिन महिने म्यादि प्रहरी भए र देशमा शान्ति सुरक्षा गर्ने पाएकोमा निकै खुशी लागेको छ । कहिले गस्ती त कहिले डिउटी गर्दै बिद्यालयमा पढाउन नपाएकोमा चिन्ता लागेको बिरेन्द्र जेठाराले बताए । उनले भने बिस बर्ष पछि स्थानिय तहको चुनाव हुनेर त्यसमा आफुले शान्ति सुरक्षा दिए र चुनाव गराउने ठुलो धोका भएकाले म्यादि प्रहरीमा भर्ना भएको हुँ । चुनाव सरकाले जेठ ३१ गरे पछि आफुले पढाउदै आएको मेरी गोल्ड बौङ्गि स्कुलमा कक्षमा र्कास छुट्टेको मा दु.ख लागेको छ । बिद्यालय छोड्उ भने लामो समय देखि पढाउदै आएको , प्रहरी छोडु भने अब २४ दिन मात्र बाँकी के गर्ने के न गर्ने भएको छ ।

 

गाउँमा चुनाबी चहल पहल निकै बढेको छ नेपाली कांग्रेस ,एमाले र माओबादी केन्द्रका नेता तथा कार्यर्कता जनताको घरर्दैलो अभियानमा लागी रहेका छन प्रहरीको गस्ती नगराए जति खेर पनि घटना हुन सक्ने मष्टा गाउँपालीकाका स्थानिय कलक बोहराले बताए । उनले भने अहिले सम्म भएका कुनै पनि चुनावमा साबिक रिलु गाबिसमा घटना नभएको चुनाबै छैन एमालेका कार्यकर्ताले अरु पाटिलाई गाउँमा गए गाली गर्ने ढुङ्गा हाने र लखेडने नगरेको कुनै चुनाव छैन । अहिले सम्म प्रहरीको गस्तीले गर्दा घटना भएको छैन ।

 

गस्ती भएकाले गाउँमा आरामले सुत्न पाएका छु । चुनावी माहोल निकै बढेको छ एक पार्टिले अर्को पाटिलाई आरोप प्रत्यारोप लगाउने समय भएकाले झपड नहोस भनेर प्रहरी गस्ती गरी रहेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । उनले भने प्रहरीको र्दबन्द्रि २ सय ८० जना हो थप अहिले ५ सय ७३ जना म्यादी भएकाले शान्ति सुरक्षा दिन सजिलो भएको छ । सदरमुकाम वरपर जिल्ला र अन्य ठाउँमा चौकी इलाका र सिमाप्रहरी चौकीले सुरक्षा दिई रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);