Our Network

कार्तिक १ २०७८, सोमबार

शान्ति सुरक्षा कायम गर्न बैतडीमा मात्रै करीब चार सय प्रहरी परिचालन

बैतडी । बैतडीमा प्रहरीले सुरक्षा योजना बनाएर दशैं तिहारमा प्रहरी परिचालन गरेको छ ।चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुको आंकलन गरेर जिल्लाभरी ३८८ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

जिल्लाका सबै प्रहरी युनिटबाट  प्रहरी खटाएर दशैं तिहार जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए । चाडपर्वको समयमा राजमार्ग, बजार क्षेत्र र गाउँघरमा गस्ती बढाइएको छ ।

चाडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले निर्धक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ । यस्तै जिल्लाका १० ठाउँमा प्रहरी सहायता कक्ष स्थापना गरिएका छन् भने धार्मिक स्थलहरुको सुरक्षाका लागि तीनवटा टोली खटाइएको छ । यस्तै, मोबाइल गस्ती दुइटा र १७ वटा पैदल गस्ती जिल्लामा खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

Leave a Reply