दाङमा चाडपर्व लक्षित सुरक्षा योजना, १ हजार ९ जना प्रहरी परिचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दाङमा चाडपर्व लक्षित सुरक्षा योजना, १ हजार ९ जना प्रहरी परिचालन

दाङ , १ कार्तिक । दाङमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेकोे छ । बडादशै, दिपावली तथा छठ पर्वलाई लक्षित गरी दाङमा विशेष सुरक्षा योजना लागु गरिएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभएको छ । उहाँका अनुसार दाङका विभिन्न २ सय ८२ युनिटमा १ हजार ९जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दाङमा पर्वविशेष सुरक्षामा एउटा कमाण्ड पोष्ट, रिजर्भ फोर्स, १० वटा मोवाइल गस्ती, ५० वटा क्यूआरटी, ५६ वटा पैदल गस्ती, ३० वटा पिकेट, ३० वटा ट्राफिक सहितको चेकिङ, ८ वटा सरप्राइज चेकिङ, ८ वटा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै यात्रु सहायता कक्ष ७ वटा, राजमार्गमा हतियार सहित स्कटिङ तथा क्रस पेट्रोलिङ ५ वटा, भिआइपी सुरक्षा १० र कार्यालय सुरक्षा तथा रिजर्भ ६६ वटा गरी दुई सय ८२ युनिट तयार गरिएको हो ।

जसमा १ हजार ९ जना सुरक्षाकर्मीलाई परिचालन गरिएको एसपी चन्दले जानकारी दिनुभएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वलाई तडकभडक नबनाउन आग्रह गर्दै कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना र धनजनको सुरक्षाका लागि शान्ति सुरक्षामा ध्यान दिन अपिल गरेको छ ।

१७ वुदे अपील जारी गर्दै जिल्ला प्रहरी कार्यालय दाङले कोरोना भाइरसको महामारी रहेकाले दुरी कायम गरी भिडभाडमा नजान र घरमै बसेर सामान्य हिसाबले चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्वको समयमा चोरी हुनसक्ने भन्दै उचित रेखदेख गर्न तथा संकास्पद गतिविधि भए नजिकको प्रहरीमा खवर गर्न पनि अपिल गरेकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);