धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा सतर्कता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धनुषामा चाडपर्व लक्षित विशेष सुरक्षा सतर्कता

police

बटुकनाथ झा

धनुषाधाम, २० असोज । दशैं, दिपावली तथा छठ पर्वलाई लक्षित गरी धनुषा प्रहरीले विशेष सुरक्षा सतर्कता अप्नाएको छ । जिल्ला प्रहरी कार्यालय, धुनषाका अनुसार चाडपर्वको समयमा हुन सक्ने झै–झगडा, चोरी, डकैती, लुटपाट, चन्दा आतङ्क लगायतका कृयाकलापलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले चाड पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारेको छ शनिवार धनुषा प्रहरीले प्रत्रकार सम्मेलनको आयोजना गरी चाडपर्वको वेला १ हजार ५५ प्रहरीलाई २४ औँ घण्टा परिचालन गरेको जानकारी दिएको छ ।

प्रहरीले सूरक्षाको लागि एकिकृत रुपमा नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा आवश्यक परेमा अन्य सूरक्षा निकायको सहयोग लिन समेत आग्रह गरेको छ । सूरक्षाको क्रममा मोवाईल गस्ती, पिकेट, मोटरसाईकल गस्ती तथा विभिन्न ठाउँमा मोवाईल गस्ती र सरपराईज गस्ती गर्ने समेत रणनीति बनाएको छ ।

आम नागरिकलाई ढुक्कसंग चाडपर्व मनाउने वातावरणका लागि सवै तयारी पुरा भएको र एकिकृत सूरक्षा योजना बनेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने बताए ।

प्रहरीले विगतको वर्षमा भएको कमी कमजोरीलाई ध्यानमा राखि यस वर्ष सुरक्षा सर्तकता अपनाएको छ । होटल र मदिरा सेवन गर्ने ठाउँहरुलाई लक्षित गरी र चाडपर्वमा जुवा, तास खेलेर हुन सक्ने सम्भावित झगडालाई लक्षित गरेर विशेष निगरानी बढाइएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);