पूर्व आइजिपी खरेलको आत्मकथा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्व आइजिपी खरेलको आत्मकथा सार्वजनिक

kharelko aatmakatha

काठमाडौं, २० असोज । नेपाल प्रहरीका पूर्व आइजिपी अच्युत कृष्ण खरेलको आत्मकथा सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजीत कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले आत्मकथाको अनावरण गरे ।

पूर्व आइजिपी खरेलको आत्मकथामा जीवनको आरोह–अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने उदेश्यले पुस्तकलेको बताए ।

प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहरको सामना बारे पुस्तकमा उल्लेख गरिएको छ ।

प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ । उनको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रालाई अनुभूति गराएको बताइएको छ ।

करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी बनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);