किन पाउदैनन् नेपालमा उत्पादित चिनीले बजार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

किन पाउदैनन् नेपालमा उत्पादित चिनीले बजार ?

Chini

श्याम गुप्ता
बारा, २० असोज
। आफ्नैं देशको कच्चा पदार्थबाट उत्पादित चिनीको मूल्य भन्दा सार्क राष्ट्रहरुबाट उत्पादित चिनीको मूल्य सस्तो भएपछि आम उपभोक्ताहरुले जताततै विदेशी चिनी प्रयोग गर्न वाध्य छन् । चिनी उत्पादनको लागि दक्ष जनशक्ति, केमिकल्स् लगायत आवश्यक उपकरणको व्यवस्था नभएका कारण स्वेदशी उत्पादन भन्दा विदेशबाट आयात भएको चिनी सस्तो मूल्यमा खरिद गरि उपभोग गर्न नेपालीहरु बाध्य भएका हुन् ।

हुन, त नेपाल कृषि प्रधान देश हो, यहाँका किसानहरु नगदे बालीको रुपमा वर्षेनी उँखु खेती गर्दै आएका छन् । किसानहरुले वर्षेनी खेती गर्न खर्च समेत बढ्दै जाने तर , वृद्धि भएको खर्च अनुसार मूल्य समेत नपाइँनुको साथै उधारो मैं उँखु विक्री गर्नु पर्ने भएकाले यसको खेती निरन्तर बढाउनुपर्ने भन्दा घटाउने तर्फ लागि परेको किसान मनोज गुप्ताले बताए ।

चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अन्तराष्ट्रिय बजारको तुलनामा महंगोमा उद्योगीहरुले खरिद गर्नु पर्ने बाध्यता रहेको छ । साथै चिनी उत्पादनको लागि आवश्यक केमिकल उपकरण लगायत दक्ष जनशक्तिहरु समेत स्वदेशमा नभई विदेशबाट आयात गर्नु पर्ने भएकोले अन्तराष्ट्रिय बजारको तुलनामा यहाँ उत्पादित चिनीको मूल्य स्वतः बढ्ने रिलायन्स चिनी मिलका प्रबन्धक मनोज पोद्दारले बताए ।

बाराको बिभिन्न बजारमा साना ठूला गरी हजारौंको संख्यामा पसलहरु रहेका छन् । तर , ती पसलहरुमा स्वदेशी नभई भारतबाट उत्पादित चिनी मात्र विक्री गर्दै आएको देखिन्छ । स्वदेशी भन्दा भारतीय चिनीको मूल्य प्रति किलो ८ देखि १० रुपैयाँ सस्तो भएकोले उपभोक्ताहरु विदेशी चिनी प्रयोग गर्ने गरेको बताएका छन् ।

विदेशी उत्पादनलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रति आम उपभोक्ताहरुलाई प्रोत्साहन गर्न सरकारसँग स्पष्ट निति भएतापनि त्यसको ठिक विपरित हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा नपरेको पनि होईन । तर , यस प्रति सरकारको उदासिनताको कारण पैसा विदेशिने क्रम जस्ताको त्यस्तै रहेको छ । सरकारको गलत नितिको कारणले कृषकहरुले दिनरात मिहिनेत गरि आफ्नैं खेतबाट उत्पादन गरेको उँखुको चिनी उपभोग गर्नबाट बञ्चित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);