चाडवाड नजिकिएसंगै समाजिक विकृतिका क्रियाकलाप बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चाडवाड नजिकिएसंगै समाजिक विकृतिका क्रियाकलाप बढ्दै

juwa taas

तेजना पण्डित
काठमाडौं, २० असोज
। चाडवाड नजिकिदै गर्दा समाजमा जुवा तास जस्ता सामाजिक बिकृतीका कृयाकलाप बढ्ने गर्दछन् । काठमाडौको मुुलपानीमा गएराति जुवा खेलिरहेको स्थानमा प्रहरीपुग्दा भागदौडमा २ जनाको मृत्युु भएको छ भने २४ जना पक्राउ परेका छन् ।

चाडवाड नजिकिएसँगै समाजमा जुवा ,तास ,कौडा जस्ता क्रियाकलाप मनोरन्जनको रुपमा बढ्ने गर्दछन् । तर, हालआएर यस्तो कार्य संगठनिक रुपमा ठुलो मात्रामा पैसाको चलखेल हुने जुवाको रुपमा खेल्ने क्रम बढ्दो छ । कतिपयले यसलाइ ब्यबसायनै बनायर सक्रिय रुपमा खेलाउदै आइरहेका छन् । केहिव्यक्तिहरु जुवा तासकै कारण घरवार विहिन भएका उदाहरुण पनि हाम्रै समाजमा विद्यमान छन । चाडवाडका समयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले बिशेस सक्रियता बढाएको बताएको छ ।

प्रहरी गस्तिका क्रममा शुक्रवार राती प्रहरीले काठमाडौको मुुलपानी स्थित तेन्डु शेर्पाको घरबात २४ जना जुवाडेलाई पक्रन सफल भएको छ । सोहि क्रममा भागदौड गर्दा सरोज घले र सोमलाल तामाङ्गको मृत्युुसमेत भएको महानगरीय प्रहरी परीसर काठमाडौले जानकारी दिएको छ । उनीहरुको साथवाट ४ लाख ४८ हजार नगद , बिभिन्न गरगहना , हात हतियार, कार, स्कुटर सहित ७ वटा मोटरसाइकल समेत बरामद गरेको महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख बसन्त कुमार लामाले बताए ।

पक्राउ परेकाहरु १६ बर्षदेखी ४५ बर्ष उमेर समुुहको भएको प्रहरी परीसर काठमाडौले जानकारी दिएको छ । पक्राउ परेका ब्यत्तिहरु पहिले देखीनै जुुवा तास लगाएतका अपराधिक घटनामा संलग्न रहेको प्रहरीको भनाइ रहेको छ । जुवा संचालक हेमा गुरुङ्ग भने भाग्न सफल भएको र उनको खोजीकार्य भईरहेको प्रहरी प्रबत्ता होविन्द्र बोगटीले बताए ।

महानगरीय प्रहरी परीसरले पछिल्लो समय समाजमा अपराधिक गतीबिधि बढिरहेकोले यसलाई नियन्त्रण गर्न प्रहरी सक्रिय रुपमा लागेको बताएको छ । महानगरीय प्रहरी काठमाडौका प्रमुख बसन्तकुमार लामाले कुनै ठाउँमा यस्ता गतिबिधी देखिएमा नजिकको प्रहरीलाई खवर गर्न समेत आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);