२ लाख बढि रुपैयाँ सहित जुवा खेल्ने ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२ लाख बढि रुपैयाँ सहित जुवा खेल्ने ७ जना पक्राउ

दाङ, २३ माघ । दाङमा प्रहरीले २ लाख बढि रुपैयाँ सहित जुवा खेल्ने ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ९ तेघरा स्थित केशरबहादुर शाहको घरमा जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवा खेलिरहेको भन्न गोप्य सुचनाका आधारमा विहिवार राति करिब साढे १० बजेतिर जिप्रकाबाट गएको प्रहरीको टोलीले २ लाख २० हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास सहित ती ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा घरधनी केशरबहादुर शाहका ३८ बर्षीय छोरा प्रज्वल शाह, घोराही २ का २३ बर्षीय रोहन खाती, घोराही १६ का ३३ बर्षीय धिरण शाह, घोराही १३ का २० बर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ बर्षीय पंकज पन्त, घोराही ९ का ५४ बर्षीय होम बहादुर केसी र रोल्पा त्रिवेणी गाउँपालिका ७ का २२ बर्षीय विजय गाहामगर रहेका प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कार्वाही प्रहरी सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);