बारा जिल्ला स्थित भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारी अभाव हुँदा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारा जिल्ला स्थित भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारी अभाव हुँदा सेवाग्राही मारमा

बारा, २३ माघ । बारा जिल्ला स्थित भूमिसुधार तथा मालपोत कार्यालय कलैयामा कर्मचारी अभाव हुँदा सेवाग्राही मारमा परेका छन्। पटक पटक सेवाग्रहीको गुनासो आएपछि बिहिबार प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह अनुगमनका लागि कलैया पुग्नुभएको थियो।

एक कार्यक्रमकाबीच भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका प्रमुख प्रमोद अधिकारीले सेवाग्राहीले भोग्नुपरेका समस्या मन्त्री शाह माझ राख्नुभएको थियो। यस्तै कार्यलयमा सेवाग्रहीका लागि खाने पानी, प्रतिक्षालय लगायतका आधारभूत आवश्यकताको अभाव रहेको छ।

मन्त्री शाहले प्रदेशका अधिकांश कार्यालयहरुमा जनशक्तिको अभाव रहेको भन्दै जनशक्ति अभाव चाँडै समाधान हुने बताउनुभयो। कलैया स्थित भूमिसुधार तथा मालपोत कार्यालयमा४४ जना कर्मचारीको दरबन्दि रहेकामा ३२ जना कर्मचारी रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);