देशभरबाट ४६५ जुवाडे सहित ३ करोड ३० लाख बढि रकम बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

देशभरबाट ४६५ जुवाडे सहित ३ करोड ३० लाख बढि रकम बरामद

काठमाडौं, १३ कात्तिक । दश दिन यता प्रहरीले जुवा खालबाट ४६५ जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा छापा मार्दा प्रहरीले जुवाको खालबाट ३ करोड ३० लाख भन्दा बढि रकम बरामद गरेको छ ।

त्यस्तै जुवा तास खेलेको अभियोगमा काठमाण्डौं उपत्यकामा मात्रै पौने तीन करोड भन्दा बढि रकम सहित २४० भन्दा बढि मानिस समातिएका छन् ।

प्रहरीले चाडवाड केन्द्रित सुरक्षा व्यवस्थालाई कडा पार्ने क्रममा जुवातास विरुद्ध पनि अभियान चालेको हो । प्रहरीको अभियानलाई सर्वसाधारणले प्रशंसनीय कार्य भनेका छन् ।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुलने अपराध भनि उल्लेख गरेको छ । २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई कानुनको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ ।

त्यस्तै दोस्रो पटकमा एक वर्ष कैद वा ५० हजार जरिवानाको व्यवस्था छ । भने दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);