उम्मेदवार टुङ्गो लगाउन कांग्रेसले पदाधिकारी बैठक बाेलायाे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उम्मेदवार टुङ्गो लगाउन कांग्रेसले पदाधिकारी बैठक बाेलायाे

congress

काठमाडौं, १३ कात्तिक । कांग्रेसले बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन पदाधिकारी बैठक बोलाएको हो ।

पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारीको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने छ । बैठकमा उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिहरुको पनि सहभागिता हुने छ।

भोली बस्ने पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);