आफै अनसनमा उत्रिन सक्ने नेकपाका अध्यक्ष प्रचण्डको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आफै अनसनमा उत्रिन सक्ने नेकपाका अध्यक्ष प्रचण्डको चेतावनी

महोत्तरी, १३ काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा सडक तथा पूर्वाधार निर्माणमा भइरहेको ढिलाई विरुद्ध आफै अनसनमा उत्रिन सक्ने चेतावनी दिनुभएको छ ।

बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अनसनमा उत्रिन सक्ने चेतावनी दिनुभएको हो । प्रधानमन्त्रीले समृद्धिको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले निर्माणाधीन अवस्थामा रहेका सडकको काम युद्धस्तरमा अगाडि बढाइने बताउनु भयो ।

कार्यक्रममा प्रचण्डले जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड जोड्ने सडक निर्माणको कार्यलाई तिव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गर्ने बताउनु भयो ।

प्रचण्डले अब पनि उक्त सडक निर्माणमा विलम्ब हुने, ठेक्का प्रक्रिया छिटो टंग्याउने काम भएमा आफू नै अनसनमा बस्ने चेतावनी दिनुभयो ।

आगामी मंसिर १४ मा पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने उपनिर्वाचनमा आफ्नो पार्टी नेकपालाई मतदान गर्न अनुरोध गरेका प्रचण्डले आफ्नो मधेससँगको प्रेम नटुटेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);