दक्ष जनशक्ति र उपकरणको अभाबले नेपालमा उत्पादित चिनी महंगो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दक्ष जनशक्ति र उपकरणको अभाबले नेपालमा उत्पादित चिनी महंगो

श्याम गुप्ता
बारा, ३ फागुन । देशमै उत्पादित भन्दा बाहिरी देशबाट आयत गरिएको चिनीको मुल्य सस्तो छ । नेपालमै उत्पादित चिनी महंगो हुँदा उपभोक्ता बाहिरी देशबाट आयत गरिएको चिनी उपभोग गर्न बाध्य छन् । देशमा दक्ष जनशक्ति र उपकरणको अभाबले स्वदेशमा उत्पादित चिनी महंगो भएको हो ।

स्वदेशमै चिनी उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ प्रयाप्त मात्रामा उत्पादन हुने गरेको छ । कच्चा पदार्थ प्रयाप्त उत्पादन भएपनि चिनी प्रसोधनका लागि दक्ष जनशक्ति र उपकरणको अभावले स्वदेशमा उत्पादित चिनी महंगो भएको हो । स्वदेशी चिनी महंगो भएकाले अन्य देशबाट आयत गरिएको चिनी उपभोग गर्न उपभोक्ता बाध्य छन् । नेपालको तराइ क्षेत्रमा चिनीको लागि चाहिने कच्चा पदार्थ उखु प्रसस्त उत्पादन हुन्छ । तर कृषकले उत्पादित उखुको उचित मुल्य समेत पाउने गरेका छैनन् । उखु उत्पादनको खर्च वर्षे नी बढ्ने गरेपनि उधारोमा बेच्नु परेको भन्दै कृषकहरुले उखु उत्पादन घटाउन थालेका छन् ।

सरकारले कृषिमा देशलाई आत्मनिर्भर बनाउने भन्दै उपकरण तथा बिउ बिजन वितरण गर्दै आएको छ । परम्परागत र अवैज्ञानिक तरिकाले खेति गरिदा सरकारी कार्यक्रम प्रभावकारी भएको छैन ।

चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा महंगो भएको उद्योगीको गुनासो छ । चिनी उत्पादनको लागि आवश्यक पर्ने केमिकल र दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने उद्योगिको बाध्यता छ । नेपालमा उत्पादित चिनी बिक्री नभएर उद्योगीले गोदाममा थन्काएर राखेका छन् ।

बाराका अधिकांश व्यापारीले स्वदेशी नभइ भारतबाट आयत गरिएको चिनी बिक्री गर्ने गरेका छन् । भारतीय चिनी प्रति किलो ८ देखि १० रुपैयाँ सस्तो भएकाले भारतीय चिनी उपभोग गर्न बाध्य भएको उपभोक्ताको भनाई छ ।

सरकारले नीति बनाए पनि कार्यन्वयन गर्न नसक्दा उखु कृषक र चीनि उद्योगी संकटमा परेका छन् । देशमा उत्पादित चीनिको उपभोग गर्न राज्यले प्रोत्साहन गर्न सकेको छैन् । जसको कारण नेपाली अर्थतन्त्रमा ठुलो धक्का लाग्नुका साथै दैनिक करडौ रुपैया बाहिरीएको छ । त्यसैले दक्ष जनशक्ति र उपकरणको प्रयोगबाट चिनीमा देशलाई आत्मनिर्भर बनाउन राज्यले ध्यान दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);