एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

kp oli

काठमाडौं, ३ फागुन । एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत चयन भएका छन् । आज बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई दलको नेतामा चयन गरेको हो ।

बैठकपछि पार्टीबाट निर्वाचित सांसदहरुलाई धन्यवाद दिदै ओलीले अब देश स्थायीत्वतर्फ अघि बढेको बताए । सरकार गठनसँगै पार्टी एकता प्रक्रिया पनि अघि बढ्ने भन्दै उनले अबको पाँच बर्षमा मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता र पारदर्शीतामा आफ्नो सरकार दृढ रहने पनि बताए ।