​नेकपा संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

​नेकपा संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

pm kp oli

काठमाडौं, ५ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । एमाले र माओवादी एकीकरण भइ बनेको नेकपाको पहिलो बैठकले ओलीलाई दलको नेतामा चुनेको हो ।

नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गरेका थिए । त्यसपछि उपस्थित सबै सांसदले ताली बजाएर समर्थन गरेका थिए । बैठकमा नेताहरुले आपसमा चक्लेट बाँडेर खुसीयाली मनाएका छन् ।

गत बिहीबार तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भइ नेकपा गठन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);