गाउँपालिकामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

गाउँपालिकामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती

gaupalika

रुकुमपूर्व, ५ जेठ । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका सचिव बिहिन भएको छ । गाउँपालिका सबै वडामा सचिव नहुँदा सेवाग्राही मारमा परेका छन् ।

साविकका गाविस सचिव सुरुवा मिलाएर अन्तै गएपछि १४ वटा वडा सचिव बिहिन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले जानकारी दिए ।

वडा सचिवको अभावमा वडा सहायक र स्वास्थ्य चौकी इन्चार्जहरुले काम गर्ने गरेका छन् । सचिवको काम अन्यले गर्दा कागजात तथा व्यहोरा नमिल्ने भएकाले सेवाग्राहिले सास्ति भोग्नु परेको छ । दुर्गम गाउँपालिका भएकाले सचिवहरु आउन नमानेको गाउँपालिका अध्यक्ष ओमप्रकास घर्तीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);