चिनीमा भन्सार शुल्क बृद्धिको उद्योगी र कृषकले स्वागत गरे | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

चिनीमा भन्सार शुल्क बृद्धिको उद्योगी र कृषकले स्वागत गरे

chini

राकेश यादव

रौतहट, १० वैशाख । सरकारले भारतबाट आयात हुने चिनीको भन्सार शुल्क बढाएपछि चिनी उद्योगी र उखु कृषकले स्वागत गरेका छन् । नेपाली चिनीलाई प्रोत्साहन गर्न सरकारले भारतीय चिनीमा भन्सार शुल्क बढाएको थियो ।

सरकारको निर्णयले नेपाली चिनीले बजार पाउने भन्दै उद्योगी खुसी भएका छन् । तर सरकारको निर्णयले उद्योगीलाई बढि फाइदा हुने देखिएको भन्दै कृषकहरुले उखुको मूल्यमा समायोजन हुनुपर्ने माग गरेका छन् ।

सरकारले केहिदिनअघि भारतबाट आयात गरिने चिनीमा भन्सार शुल्क बढाउने निर्णय गरेको थियो । सरकारले भारतीय चिनीमा १५ प्रतिशतबाट बढाएर भन्सार शुल्क ३० प्रतिशत पु-याएको छ ।

सरकारले गरेको निर्णयलाई नेपाली चिनी उद्योगी र उखु कृषकहरले स्वागत गरेका छन् । नेपालमा उत्पादित भन्दा भारतबाट आयत गरिने चिनी सस्तो भएपछि नेपाली चिनीले बजार पाउन सकेको छैन । उद्योगीले चिनी गोदाममा थन्काउन बाध्य छन् ।

जसका कारण नेपाली चिनी उद्योग संकटमा परेका थिए । भारतीय चिनीमा भन्सार शुल्क बढेपछि नेपाली कृषक र उद्योगी खुसी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);