आज दोहोरो अंकले घट्यो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं, १० वैशाख । १० दिनदेखि बढिरहेको सेयर बजार आज घटेको छ । हिजो ५० अंकको ऐतिहासिक उछाल कायम गरेको बजार आज २७ दशमलव ६४ अंकले घटेको हो ।

बजार घटेर नेप्से परिसूचक १ हजार ४ सय १० अंकमा झरेको छ । बजार बढ्दा उत्साहित बनेका लगानीकर्ताले बजार घट्न थालेपछि विक्री बढाउँदा बजार घटेको सेयर विश्लेषकहरु बताएका छन् ।

नेप्से भारी अंकले तल माथि गर्दा विशेष गरी नयाँ लगानीकर्ता अन्योलमा परेका छन् । बजारमा मागभन्दा बढी आपूर्ति भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । सोमबार परिसूचकमा गिरावट भएपनि सेयर कारोबार भने लगानीकर्ताका लागि सन्तोषजनक नै देखियो ।

दोहोरो अंकले घटेको बजारमा पनि १ सय ७० कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी बीमा समूह ८८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ९ र ट्रेडिङ समूह ५ अंकले ओरालो लागेको छ । बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);