नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै

९ माघ नवलपरासी । नवलपरासीका उखु खेती कृषकलाई उखु मिलले दिने भन्दा वढि मूल्य दिएर विचौलीयाहरुले उखु खरिद गरिरहेका छन् । तर महँगो मूल्य पाएपछि हौसिएका सोझा कृषकहरु उखुको तौलमा ठगिएको भेउ पाउन नसक्दा विचौलीयाहरु मोटाईरहेका छन् । नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै आएको पाईएको छ ।

नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै

मोहमद ईजहार सेख

९ माघ नवलपरासी । नवलपरासीका उखु खेती कृषकलाई उखु मिलले दिने भन्दा वढि मूल्य दिएर विचौलीयाहरुले उखु खरिद गरिरहेका छन् । तर महँगो मूल्य पाएपछि हौसिएका सोझा कृषकहरु उखुको तौलमा ठगिएको भेउ पाउन नसक्दा विचौलीयाहरु मोटाईरहेका छन् । नवलपरासीमा उत्पादित उखुमा विचौलीयाहरुले किसानहरुलाई ठग्दै आएको पाईएको छ । उखु क्रसिङ्ग उद्योग भन्दा बढि पैसा तिरेर बिचौलियाहरुले उखु खरिद गरी भण्डारण गर्ने र उखु अभाव हुँदा महँगोमा मिलहरुलाई बेच्ने गरेको पाइएको हो । उखुको सरकारी मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ छ ।

चिनी मिलहरुले किसानलाई प्रति क्विन्टल ५१०–५१५ रुपैयाँ दिने गरेका छन् । बिचौलियाहरुले किसानलाई प्रति क्विन्टल ५६० रुपैयाँ दिने गरेका त छन् तर किसानलाई झुक्याएर प्रति क्विन्टल उखुमा १० केजी नाफा लिँदै आएका छन् । यस बर्ष जिल्लामा करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको छ । जिल्लाका ४ वटा ठूला क्रसिङ्ग उद्योग र सयबढी साना क्रसिङ्ग उद्योगहरु छन् । ती मध्ये ३ वटा मिल सञ्चालनमा छन् ।

 बिचौलियाहरुले भण्डारण गर्न थालेपछि उखु मिलहरुमा कच्चा पदार्थको अभाव हुन थालेको उद्योगीहरुले बताएका छन् । दैनिक ७ हजार क्विन्टल उखु क्रसिङ्ग गर्नुपर्ने मिलहरु उखु अभाव बढेपछि दैनिक दुई हजार क्विन्टल उखु मात्र क्रसिङ्ग गर्नुपर्ने बाध्यतामा छन् । उखु अभाव रहिरहेमा उखु मिलहरु नै बन्द गर्नुपर्ने इन्दिरा सुगर मिल नवलपरासीका प्रवन्ध निर्देशक रविन्द्रनाथ शुक्लाmे वताउनुभयो ।

उखु अभावको फाईदा उठाउँदै बिचौलियाहरु मिललेभन्दा बढि मूल्यमा उखु खरिद गरेर स्टक गरिरहेका हुन् । यसका लागि उनीहरुले दर्जनभन्दा बढि अवैध काँटा सञ्चालन गरेका छन् । तर प्रशासन कार्यालय भने अझै मौन छ । एक महिना अगाडि जिल्ला प्रशासन कार्यालयले अवैध काँटा मध्ये ३ काँटाहरु नियन्त्रण गरेको थियो । तर राजनितिक दबाबमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीले विचौलियाहरुसँग मिलेमतो गरी काँटा फेरि सञ्चालनमा ल्याइएको उखु कृषक उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले बताउनुभयो । जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ  तर  अहिले भुक्तानीको समस्या र केरा खेतीको आकर्षणले क्रमशः उखु उत्पादन घटदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);