उखुको ८ अर्ब भुक्तानी कहिले ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उखुको ८ अर्ब भुक्तानी कहिले ?

ukhu

जनकपुरधाम, ४ असार ।  उधारोमा चिनी उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका लाखौं किसान भुक्तानी नपाएर पिरोलिएका छन्। चिनी उद्योगीले किसानलाई अझै ७ अर्ब तिर्न बाँकी छ। सरकारबाट पाउनुपर्न १ अर्बभन्दा बढी अनुदान पनि पाएका छैनन्।

महोत्तारीको गौशाला—२ निगौलका किसान नरेशसिंह कुश्वाहा उखुको भुक्तानी पाउन नसकेको बताउँछन्। उनले रामनगरस्थित एभरेस्ट उद्योगमा ४ हजार क्विन्ट उखु बिक्री गरेको थिए। २१ लाखको उखु बिक्री गरेका उनले हालसम्म २ लाख रुपैयाँ मात्र पाएका छन्।

‘उखु खरिद गरेको ढेड महिनाभित्र उद्योगले उखु किसानलाई भुक्तानी दिने सम्झौता थियो’, उनले भने,‘ऋण काढेर वर्षभरि मेहन गरी उधारोमा उखु बिक्री गर्नुप¥यो। त्यसको पैसा लिन दुःखैदुःख छ।’ मिल बन्द भएको दुई महिना बित्दैछ। उखु बिक्री गरेको भुक्तानी चिनी मिलले नदिँदा गुजारा चलाउन समस्या भएको उनको भनाइ छ।

नगदे उखुको व्यथा

गौशाला—४ रजखौरका उखु किसान दिनेश महतोले चिनी मिलले उधारोमा उखु लिएर दुःख दिइरहेको बताए। ‘खेतमा नयाँ उखु हुर्किसक्यो। बिक्री गरेको उखुको रकम पाउन सकिएको छैन’, उनले भने। नरेश र दिनेश जस्ता लाखबढी उखु किसान उखुको भुक्तानी पाउन नसक्दा समस्यामा छन्। आर्थिक वर्ष ०७५/०७६ मा देशभरका किसानले करिब १० अर्बको २ करोड १२ लाख क्विन्टल उत्पादन गरेका थिए।

किसानलाई सुन्दैन सरकार

महोत्तारीको गौशाला—११ लक्ष्मीनियाँका उखु किसान रामभजन महतो भन्छन्, ‘किसानको देशमा सरकार हाम्रा समस्या सुन्दैन।’ रगत पसिनालाई एक गरेर खेती गर्ने किसानलाई सरकारले दुःख दिँदै आएको उनले गुनासो गरे। रामभजन बर्सेंनि ४ बिघामा हजार क्विन्टल उखु उत्पादन गर्दै आएका छन्।

एक बिघाको उखु उधारोमा बिक्री गरेका महोत्तारी गौशालाका अर्का किसान कासी महतोलाई नगदेबाली उखुको उधारो व्यथाले सताएको छ। ‘उखुको उद्यारो खेतीले किसान मारमा छन्’, उनले भने,‘ छोरीछोरी पढाउन, छाक टार्न, जीवन चलाउन निकै कठाइभयो।’ अन्नदाता किसान आजको दिनमा चारैतिरबाट झुठ्ठा सावित भइरहेका छ।’ सरकार र उद्योगपतिले पाइलै पिच्छै किसानलाई दिने दुःखले आजित भइसको उनले बताए।

‘भुक्तानी नदिए आन्दोलन चर्काउँछौं’

नेपाल उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चिनी मिलले किसानसँग गरेको सम्झौता पालना नगरेको बताए। उनले गत पुसको अन्तिम साता किसान र चनी उद्योगीबीच भएको सम्झौताअनुसार उखु खरिद गरेको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने थियो। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);