प्रधानमन्त्रीले वैशाख १ गते रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्रीले वैशाख १ गते रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न राराताल जाने कार्यक्रम रहेकाले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ औँ महाअधिवेशनको आज राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुराको जानकारी दिएका हुन् । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’ प्रधानमन्त्री ओलीले भने ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताएका छन् । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘यो सरकारले नेपाल बनाउँछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने स्पष्ट पारेका छन् । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिएका छन्। ‘सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।’

प्रधानमन्त्री ओलीले महासंघले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव नपारे पनि उसका बिचारले राजनीति प्रभावित भएको बताए । ‘समाजको गरि खाने बर्गलाई अधिकार दिलाउने, उनीहरुको उत्थान गर्ने काममा जिफन्टको महत्वपूर्ण भूमिका छ’ प्रधानमन्त्री ओलीले भने ‘अहिलेको सरकारको प्राथमिकता पनि त्यही हो ।’

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए । ‘यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरीका ज नप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउँछुु’ प्रधानमन्त्री ओलीले भने ‘यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं । ‘भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्घोष गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);