प्रधानमन्त्री ओली मुगुको रारा तालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

प्रधानमन्त्री ओली मुगुको रारा तालमा

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी ओली सहित मन्त्रीहरु मुगुको रारा ताल पुगेका छन् । रारा तालबाट देशबासीलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुगेका हुन् । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालबाट नयाँ बर्षको अवसरमा बैसाख १ गते प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबीच कर्णाली प्रदेशको मन्त्रीपरिषद बैठक पनि रारामा बसेको छ । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले प्रदेशलाई सहयोग गर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले मनाउन लागेको रारा कर्णाली पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);