भ्रष्टाचारीलाई छुुट दिइन्न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भ्रष्टाचारीलाई छुुट दिइन्न : प्रधानमन्त्री ओली

pm kp oli

सिमकोट, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेकाले अब कसैलाई पनि भ्रष्टाचार गर्न छुट नदिइने बताएका छन् । रारा पर्यटन वर्ष २०७५ को शुुभारम्भपछि हिल्सा नाकाको अवलोकनपछि फिर्ता हुने क्रममा सिमकोट विमानस्थलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

कर्णाली प्रदेश र हुुम्ला जिल्ला यसअघि पछाडि परेका भए पनि अब भने विकास र समृृद्धितर्फ लाग्ने बताउँदै प्रधानमन्त्री ओलीले जनताले विश्वास गरेर स्थिर सरकार दिएका छन्, अब काम गरेर देखाउने बताए । प्रधानमन्त्रीले चीनसँग हिल्सा र लाप्चा नाकाबाट सडक जोडिन लागेको भए पनि अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जिल्ला नजोडिएको र त्यसलाई जोड्न आवश्यक काम केन्द्र सरकारले अगाडि बढाउने बताए ।

कर्णाली प्रदेशकै लागि महìव राख्ने हिल्सा नाकाको अवस्था तथा सिमकोट–हिल्सा सडकको अवलोकन गर्न प्रधानमन्त्री हुुम्ला जिल्लामा गएका थिए । प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए । कर्णालीबाट जडीबुटीको प्रवद्र्धन गर्न सकिने चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

त्यसअघि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);