प्रधानमन्त्री ओलीको रारा भ्रमणमा २७ लाख घोटाला हुँदा अख्तियार मौन किन ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीको रारा भ्रमणमा २७ लाख घोटाला हुँदा अख्तियार मौन किन ? (भिडियाेसहित)

rara ma oli

काठमाडौं, २ चैत । कर्णाली प्रदेशको पर्यटनलाई प्रचार गर्ने र विस्तार गर्ने उद्देश्यले कर्णाली प्रदेशले २०७५ साल बैशाख १ गते धुमधामका साथ रारा पर्यटन वर्षको उद्घाटन गरेको थियो । रारा ताललाई सजिसजाउ र झकिझकाउ बनाएर उद्घाटन गरीएको उक्त कार्यक्रमको तयारीमा लाखौ रकम अनियमिता भएको रहस्य अहिले खुलेको छ ।

कर्णाली प्रदेशको सार्वजनिक लेखा समिति अन्र्तगत पर्यटन वर्षको उद्घाटन कार्यक्रममा प्रदेश सरकारले गरेको खर्चको अध्ययन गर्न गठित उपसमितिको लामो छलफल र अध्ययन पश्चात खर्चमा अनियमितता भएको ठहर गरेको हो ।

२०७४ चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले २०७५ लाई कर्णाली रारा पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेको थियो । भव्य समारोहबीच २०७५ बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रारा पुगेर पर्यटन वर्षको उद्घाटन गरेका थिए ।

पर्यटन वर्षको उद्घाटन कार्यक्रमका लागि प्रदेशका विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाख रुपैयाँ खर्च गर्न सक्ने गरी अख्तियारी दिइएको थियो । तर मन्त्रालयहरुले लागत अनुमान बिनै सार्वजनिक खरिद ऐन विपरीत करिब दोब्बर रकम खर्च गरेको उपसमितिले ठहर गरेको छ।

उपसमितिले गरेको अध्ययन प्रतिवेदन र प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको खर्चको प्रतिवेदनका आधारमा सरकारले सार्वजनिक खरिद ऐन २०६३ को आधारमा खर्च गरेको नपाइएकाले अनिमितता भएको सार्वजनिक लेखा समितिका सभापति दिनबन्धु श्रेष्ठको भनाइ छ ।

लेखा समितिका सभापति श्रेष्ठले प्रधानमन्त्री ओलीको रारा भ्रमणमा लाखौ अनियमिता भएको भनिरहँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस उपर अनुसन्धान नगर्दा जनता अचम्मित भएका छन् ।

थप जानकारीका लागि भिडियाे हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);