कर्णाली–रारा पर्यटन वर्ष : रकम भुक्तानीका लागि ‘चोर बाटो’ प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कर्णाली–रारा पर्यटन वर्ष : रकम भुक्तानीका लागि ‘चोर बाटो’ प्रयोग

rara ma oli

सुर्खेत,  २८ बैशाख ।  कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय सुर्खेतलाई ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५ प्रवद्र्धन कार्यक्रम’ शीर्षकमा चालू आर्थिक वर्षको सुरुमै पाँच लाख रुठायो। वन कार्यालयले उक्त बजेटमार्फत सुर्खेतको कुनै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने तयारी गरेको थियो। तर वन कार्यालयले कामका बारेमा कुनै निर्णय गर्नुअगावै मन्त्रालयबाट फर्म तोकेर रकम भुक्तानी गर्न विशेष निर्देशन आयो।

‘हामीले कार्यक्रम तय नगर्दै मन्त्रालयबाट काठमाडौंको एउटा फर्मलाई पाँच लाख रुपियाँ भुक्तानी गर्नू भन्ने निर्देशन आयो,’ डिभिजन वन अधिकृत भक्तबहादुर लामाले भने, ‘मन्त्रालयको निर्देशनअनुसार आएको रकम हामीले भनिएको फर्मलाई भुक्तानी दियौं।’ लामाका अनुसार जिल्लामा सो रकम बराबर मन्त्रालयले आफैं काम गराएको थियो। तर प्रक्रिया मिलाउनका मात्र डिभिजन वन कार्यालयलाई अख्तियारी र बजेट पठाइएको थियो।

वनले भुक्तानी दिएको पाँच लाखको फोटोको भर्पाईमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको निजी सचिवालयकी गीता ढकालले हस्ताक्षर गरेकी छन्। ‘राराको १५ वटा फोटो निजी सचिवालयले बुझेको भर्पाई पठाएपछि हामीले भुक्तानी दिएका हौं,’ उनले भने, ‘एउटा कार्यालयले पाँच लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन नमिल्ने भएकाले फरक–फरक कार्यालयलाई रकम निकासा गरिएको हो।’ उनले आफ्नो कार्यालयले रकम भुक्तानी गरेका फोटोहरूका बारेमा भने आफूलाई जानकारी नभएको बताए। ‘मुगुको रारातालका १५ वटा फोटोहरू हुन् भन्ने सुनेको हुँु,’ डिभिजन वन अधिकृत लामाले भने, ‘ती अहिले कहाँ र कसले प्रयोग गरेको छ, केही जानकारी छैन।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);