फ्रान्सका राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फ्रान्सका राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौं, २५ मंसिर । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन्

इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि आन्दोलन चर्केको बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन्।

प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे । उनले सन् २०१९ मा न्यूनतम् पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गरे ।

उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरेका छन् । त्यस्तै अतिरिक्त काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने म्याक्रोनले घोषणा गरेका छन् ।

सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);