राष्ट्रपति ट्रम्पको अमेरिका पहिलो नीतिको फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राष्ट्रपति ट्रम्पको अमेरिका पहिलो नीतिको फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा आलोचना

macron

एजेन्सी, १३ बैशाख । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले अमेरिकी संसदमै राष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रवाद सम्बन्धी नीतिको आलोचना गरेका छन् ।

अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताए । अमरिकाको तीन दिने भ्रमणका क्रममा राष्ट्रपति म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादको चिन्तनले विश्व समृद्धिको चाहनामा ठेस पुर्याउने बताए । उनले ट्रम्पले अंगिकार गरेको राष्ट्रवादले विश्वलाई विभाजित गर्न सक्नेतर्फ खतरा औल्याए ।

म्याक्रोनको अभिव्यक्तिले पर्यावरण र इरानसँग भएको आणविक सम्झौताका विषयमा अमेरिकी धारणाप्रति फ्रान्सको असहमति रहेको देखिएको छ । म्याक्रोनको अभिव्यक्तिलाई लिएर अमेरिकी सांसदहरु समेत विभाजित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);