काठमाडौं, २५ मंसिर । लामो समयदेखि पाकिस्तानलाई सहयोग गर्दै आएको संयुक्त राज्य अमेरिकाले पाकिस्तानले आतंकवादी गतिविधि जारी राखेको भन्दै सहयोग रकम रोक्ने सक्ने संकेत गरेको छ ।
विगत लामो समयदेखि पाकिस्तानलाई करोडौ डलर सहयोग गरेपनि पाकिस्तानले अमेरिकालाई केहि नदिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वताएको केहि समयपछि संयुक्त राज्य अमेरिकाकी राजदूत निकी हेलीको पाकिस्तानले आतंवादी गतिविधिलाई समाप्त नगरेसम्म अनुदान दिन नहुने भनाई सार्वजनिक भएको छ ।
राजदुत निकी हेलीले अमेरिकी पत्रिका द एटलान्टिकमा अन्तरवार्ताका क्रममा पाकिस्तानमा अमेरिकी सेना मारिँदै आएको र जबसम्म पाकिसेतानले आतंकवादी गतिविधिमा रोक लगाउँदैन, तबसम्म पाकिस्तानलाई अनुदान दिनु नहुने वताएकी छन ।
हेली भारतीय मुलको पहिलो अमेरिकी नागरिक हुन जसलाई अमेरिकी सरकारले आफ्नो क्याबिनेटमा सदस्यको रुपमा मान्यता दिएको छ । उनले अमेरिकालाई हानी र्पुायउने देशरुलाई कुनै पनि हालतमा अमेरिकाले सहयोग गर्नु नहुने वताएकी छन ।
उनले यो एक रणनीतिक मुद्दा भएको बताउदै जुन देशले साँझा मुद्दालाई उठाइरहेको छ त्यसलाई नै पहिलो प्राथमिकता दिने बताइन । बिना नतिजा पैसा दिन बन्द गर्नुपर्ने उनको धारणा रहेको छ । उनका अनुसार मिसालको लागि पाकिस्तानलाई सहयोग गर्दै आएको, उसलाई अर्बौको डलर सहयोग गरेको तर उसले बदलामा आतंकवादीलाई प्रश्रय दिनु बाहेक केही नगरेको दावी गरेकी छन ।
उनका अनुसार पाकिस्तानमा अमेरिकी सेनाको दिनप्रतिदिन हत्या हुँदै आइरहेको छ । त्यसकारण अब उसको गतिविधिलाई नियालेर मात्र सहयोग दिनुपर्छ, उनले भनेकी छन । त्यसो हुन नसके यी सबै सहयोगमा रोक लगाउनु नै उचित हुने उनको धारणा रहेको छ ।
यो वर्षको अन्त्यसम्म निकी हेली युएनमा अमेरिकी राजदूतको रुपमा रहनेछिन । गत सेप्टेम्बर महिनामा अमेरिकाले पाकिस्तानलाई करीब ३० करोड डलर सहयोग रद्द गरेको थियो । उनले ट्विटर मार्फत पनि पाकिस्तानको लागि कडा चेतावनी दिएका छन । पछिल्लो महिना ट्रम्पले पाकिस्तानलाई दिने अमेरिकी सहयोगमा रोक लगाउने वाचा गरेका थिए ।
ट्रम्पले पाकिस्तानका अलकायदा नेता ओसामा विन लादेनलाई सहयोग गरेको आरोप लगाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प तथा राजदुत हेलीले भनेजस्तै अमेरिकाले पाकिस्तानलाई दिदै आएको सहयोग रोक्ला वा पाकिस्तानलाई सचेत गराउनका लागि मात्रै यस्तो भनाई वाहिर आएको हो यो भने आगामी दिनलेनै देखाउने छ ।