अमेरिकाले पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता रोक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाले पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता रोक्ने

एजेन्सी । अमेरिकाले पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता रोक्ने भएको छ । इस्लामवादी लडाकु समूहसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै पाकिस्तानलाई गर्दै आएको सहयोग रोक्ने अमेरिकाले निर्णय लिएको हो ।

बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको छ ।

कति रकम बराबरको सहायता रोक्न लागिएको हो भनेर खुलाइएको छैन । यो साताको शुरुमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अरबौं डलर लिइरहे पनि पाकिस्तानले आतंकवादीलाई शरण दिएको आरोप लगाएका छन् । पाकिस्तानले भने इस्लामवादी सञ्जालहरूसँगको लडाईंमा आफूले ठूलो क्षति ब्योहोरेको बताउने गरेको छ ।

अमेरिकाले पाकिस्तानले अफगान तालिबान र उसका सहयोगीहरूलाई सीमापारी अफगानिस्तानमा आक्रमण गर्न दिइरहेको भन्दै गुनासो गर्ने गरेको छ । पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि अनिच्छापूर्वक आतंकवाद विरुद्धको लडाईंमा जोडिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);