इरानमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसले कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

इरानमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसले कडा चेतावनी

एजेन्सी । इरानमा जारी सरकार विरोधी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसले कडा चेतावनी दिएको छ । रुसका उपविदेशमन्त्री सर्गेइ र्‍यावकोभले अमेरिकाले इरानमा भइरहेको आन्दोलनलाई थप उचाल्ने र इरानी जनतालाई उत्तेजित पार्ने काम गरिरहेको आरोप लगाए।

उनले इरानलाई विवादमा फसाएर अमेरिकाले आणविक सम्झौता छायाँमा पार्न खोजेको आरोप लगाएका छन् । बिहीबार मात्रै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानसँग दीर्घकालीन सम्भौता गर्न चाहेको बताएका थिए ।

रुसले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नर्गन सचेत गराएको र थप कदम चालिए रुस पनि आक्रामक रुपमा प्रस्तुत हुने उपविदेशमन्त्री र्‍यावकोभले बताए ।

मुल्यवृद्धि र भ्रष्टाचार नियन्त्रणको माग गर्दै इरानमा एकहप्तादेखि आन्दोलन चर्किएको छ । अमेरिकी राष्ट्रपतिले आन्दोलनकारीको पक्षमा ट्वीट गरेपछि इरानको आन्दोलन दुई भागमा बाँडिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);