सरकार विरोधी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

सरकार विरोधी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

काठमाडौं, २१ पुष । इरानमा जारी सरकार विरोधी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसले कडा चेतावनी, इरानी जनतालाई उत्तेजित पार्ने काम तत्काल रोक्न आग्रह

इरानमा जारी सरकार विरोधी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसले कडा चेतावनी दिएको छ ।

रुसका उपविदेशमन्त्री सर्गेइ ¥यावकोभले अमेरिकाले इरानमा भइरहेको आन्दोलनलाई थप उचाल्ने र इरानी जनतालाई उत्तेजित पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले इरानलाई विवादमा फसाएर अमेरिकाले आणविक सम्झौतामा छायाँमा पार्न खोजेको आरोप पनि लगाउनुभएको छ ।

बिहीबार मात्रै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानसँग दीर्घकालीन सम्भौता गर्न चाहेको बताउनुभएको थियो । रुसले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नर्गन सचेत गराएको र थप कदम चालिए रुस पनि आक्रामक रुपमा प्रस्तुत हुने उपविदेशमन्त्री ¥यावकोभले बताउनुभयो ।

मुल्यवृद्धि र भ्रष्टाचार नियन्त्रणको माग गर्दै इरानमा एकहप्तादेखि आन्दोलन चर्किएको छ । अमेरिकी राष्ट्रपतिले आन्दोलनकारीको पक्षमा ट्वीट गरेपछि इरानको आन्दोलन दुई भागमा बाँडिएको छ ।

ताजा समाचार