इरानमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

इरानमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदै

एजेन्सी । इरानमा राष्ट्रपति पदको लागि निर्वाचन भईरहेको छ ।

यसै निर्वाचनबाट इरानमा तीन पटक राष्ट्रपति बनेका हसन रुहानीको उत्तराधिकारीको छनौट हुने छ ।

इरानको न्याायपालिका प्रमुख समेत रहिसकेका इब्राहिम रायसी पनि राष्ट्रपति पदका लागि चुनावी दौडमा छन् । उनका प्रमुख प्रतिस्पर्धीका रुपमा भने केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दोलनसर हेमती रहेका छन् ।

असन्तुष्ट तथा केही सुधारवादीहरुले रायसीलाई बहिष्कार गर्दै राष्ट्रपति पदका दाबेदारहरुलाई बिभिन्न प्रतिबन्धहरु लगाइएकाले उनको कडा प्रतिस्पर्धी नरहेको समेत बताएका छन् ।

केही सुधारवादी पार्टीहरुले निर्वाचन बहिस्कार गरेका छन् भने आचालेकहरुले निर्वाचनको औचित्यमाथि समेत प्रश्न उठाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);