फ्रान्समा सरकार विरोधी आन्दोलन चर्कंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

फ्रान्समा सरकार विरोधी आन्दोलन चर्कंदै

एजेन्सी, ७ माघ । फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा लगाउनुका साथै राजीनामा माग गरेका छन् ।

प्रदर्शनकै क्रममा सय भन्दा बढी पक्राउ परेका छन् । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन नवौं चरणमा प्रवेश गर्दासमेत सरकारले चाँसो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले आन्दोलन झन् चर्काउने बताएका छन् ।

राजधानी पेरिस केन्द्रित प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले फ्रान्सको अर्को शहर बोर्देएक्स र ताउलोसमा पनि एकै साथ प्रदर्शन गरेका छन् । पछिल्लो समय प्रदर्शनकारीहरुको संख्या झन बढ्दै गएको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);