सन् २०१८ मा चीनको आर्थिक बृद्धिदर तीन दशक यताकै सबैभन्दा न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सन् २०१८ मा चीनको आर्थिक बृद्धिदर तीन दशक यताकै सबैभन्दा न्यून

china

चीन र अमेरिकबीचको ब्यापारयुद्ध जारी रहे २०१९मा बिश्व आर्थिक बृद्धिमा मन्दी आउन सक्ने

एजेन्सी, ७ माघ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको जनाइएको छ । चीनले सार्वजनिक गरेको एक तथ्याङकमा अर्थतन्त्रको बृद्धि न्यून देखिएको हो ।

ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको जनाइएको छ । राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले सन् २०१८ मा आर्थिक वृद्धिदर ६दशमलव ८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत भएको जनाएको छ ।

एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रूपमा कमी आएको देखिएको छ । अर्थबिदहरुले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्वको आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरेका छन् ।

वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा भने चीनमा निकै प्रगति भएको एनबीएसले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);