तान्जिनियाको पानी जहाजमा आगलागी हुँदा ११ जनाभन्दा बढिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तान्जिनियाको पानी जहाजमा आगलागी हुँदा ११ जनाभन्दा बढिको मृत्यु

panijahaj maa aagolagi

तान्जिनिया, ८ माघ । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा ब्ल्याक सी मा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

रुस नियन्त्रित क्राइमियाको केर्च स्ट्रेट नजिकै पुगेका बेला पानी जहाजमा आगलागी भएको अधिकारीहरुले बताएका छन् । पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले उद्दार गरेका छन् । ग्यासको ट्यांकर बोकेको एउटा पानी जहाजमा आगो लागेपछि विस्फोट भएको थियो ।

सोही विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगो लागेको बताइएको छ । दुई पानी जहाजमा १७ जना चालक दलका सदस्य थिए ।उनीहरु टर्की र भारतका हुन् । यस्तै अन्य १४ जनासमेत पानी जहाजमा रहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);