रुसी जहाजमा आगलागी हुँदा ४१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रुसी जहाजमा आगलागी हुँदा ४१ जनाको मृत्यु

काठमाडौं, २३ बैशाख । मस्को विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित शेरिमिट्यभो विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।

आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन । उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो त्यसको लगत्तै आपतकालीन अवतरण गराए पनि आगो फैलिएका कारण ४१ यात्रुको मृत्यु भएको बताइएको छ । रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ ।

कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन । सामाजिक सञ्जालहरुमा राखिएका भिडियोमा आगो लागेको जहाजको आपत्कालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिएको छ । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । ७८ जना यात्रु रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);