भारतबाट बंगलादेश पुगेको आँधी 'फानी'ले विध्वंस मच्चाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

भारतबाट बंगलादेश पुगेको आँधी ‘फानी’ले विध्वंस मच्चाउँदै

cyclone fani in bangladesh

एजेन्सी, २२ बैशाख । भारतको ओडिशा राज्यबाट सरेर बंगलादेश पुगेको समुन्द्री आँधी फानीले त्यहाँ पनि विध्वंस मचाएको छ । बंगलादेशमा फानीले एक हजारभन्दा भन्दा वढी घरहरू ध्वस्त भएका छन् भने गाउँहरू जलमग्न छन् ।

बंगलादेशका सरकारी अधिकारीहरुका अनुसार नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले विपद्को त्रास भने सकिएको बंगलादेश स्थित जल तथा मौसम विभागले जनाएको छ । फानी प्रतिघण्टा ७० किलोमिटर वेगसम्मका हुरी चलेको बताइएको छ ।

भारतमा पनि सो आँधीको प्रहारबाट जोगाउन दश लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको थियो । शुक्रवार भारतको तटमा प्रहार गरेको उक्त आँधीका कारण त्यहाँ कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए । तर, भारतीय अधिकारीहरूले पूर्व सावधानी अप्नाइएको कारण ठुलो मानविय क्षति हुनबाट जोखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);