अफगानिस्तानमा युद्ध भन्दा वायु प्रदूषणका कारण मर्नेको संख्या धेरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अफगानिस्तानमा युद्ध भन्दा वायु प्रदूषणका कारण मर्नेको संख्या धेरै

kabul

कावुल, ८ माघ । अफगानिस्तानको राजधानी कावुलमा युद्धका कारणभन्दा धेरै मानिसहरु वायु प्रदूषणका कारण मर्ने गरेको तथ्य सार्वजनिक भएको छ । युद्धग्रस्त अफगानिस्तामा वायु प्रदूषणको डरलाग्दो अवस्था रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गृहयुद्धको चपेटामा रहेको अफगानिस्तानको राजधानी कावुल विश्वमा धेरै जनसंख्या भएको सहरमध्ये एक हो । युद्धका कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको कावुलले अव्यवस्थित सहरीकरण, दुषित पानी आदिको मार खेपिरहेको वर्तमान समयमा वायु प्रदूषणको मात्रा समेत उच्च रहेको तथ्य सार्वजनिक भएको हो । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार प्रतिवर्ष कावुलमा ३ हजार मानिसको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको छ ।

यो तथ्याङक युद्धका कारण उक्त शहरमा ज्यान गुमाउने मानिसको संख्याभन्दा धेरै हो । आर्थिक रुपमा समेत कमजोर रहेको अफगानिस्तानले वायु प्रदूषणको मात्रा घटाउन तत्काल पहल नथाल्ने हो भने त्यसको ठूलो मूल्य चुकाउनु पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । अफगानिस्तानमा युद्धका कारण ज्यान गुमाउनेको संख्या प्रत्यक्ष रुपमा देखिए पनि अप्रत्यक्ष रुपमा वायु प्रदूषणले कावुलमा लामो प्रभाव छोडदै मानिसको मृत्यु भैरहेको जनाइएको छ । वायु प्रदूषणको मात्रा उक्त शहरमा उच्च रहेको र त्यसका कारण मानिसहरु जन्मदै स्वासप्रश्वासको समया लिएर जन्मने गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कावुलका सरकारी अस्पतालका एकजना चिकित्सकका अनुसार ३० देखि ४० प्रतिशत विरामी घातक श्वासप्रश्वासको संक्रमनवाट गुज्रिरहेको बताएका छन् । सल्फेट र व्ल्याक कार्वन जस्ता विषाक्त पदार्थसंगै अन्य हानिकारक शुक्ष्म कणले कावुलको आकाशमा बाक्लो तह निर्माण गरिसकेको छ । जसका कारण नजिकैको दृष्य समेत हेर्न नमिल्ने अवस्था रहेको छ । वायु प्रदूषणको मात्रा उच्च रहेको कावुलमा जाडोबाट बच्नका लागि कोइला, काठ र टायर लगाएत बालेर आगो ताप्ने क्रम बढेकोे र यसले वायु प्रदूषण मात्रालाई बढाउन झनै सहयोग गरिरहेको छ ।

कावुलको वायु प्रदूषणलाई त्यहाँको राष्ट्रिय पर्यावयन सुरक्षा एजेन्सीले समेत उच्च जोखिम युक्त भनेको छ । जाडो समयमा शुन्य भन्दा तल झर्ने तामक्रम, जाडोको समयमा हुने वायु प्रदुशन तथा जाडोवाट वच्नका लागि बालिने इन्धन लगाएतका पदार्थले बढाउने वायु प्रदूषणको दरले कावुलको जनजिवनमा निकै ठुलो नकारात्मक प्रभाव छोडिरहेको र त्यसले भविष्यमा ठूलै विपत निम्याउने वर्यावरणका क्षेत्रमा काम गरिरहेका विश्लेषकहरुले बताएका छन ।

त्यसमाथि वढ्दो अव्यवस्थित शहरीकरणले प्रदुशनको मात्रा बढाउन सहयोग गरिरहेको छ । युद्धका कारण आर्थिक रुपमा समेत कमजोर बन्दै गएको शहरमा वायु प्रदूषणको मात्रा कम गरि त्यहाँका मानिसहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउनु अफगानिस्तानको पहिलो प्राथमिकता हो । तर, राष्ट्रिय तथा केहि अन्तराष्ट्रिय संघ संस्थाहरुले समेत थालेको यस्तो प्रयास सफल हुन सकेको देखिदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);